काठमाण्डौ ४ कार्तिक । कोरोनाबाट निको हुनेको संख्या बढेको छ ।स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म १ लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ ।हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हजार २५९ जनाको ज्यान गएको छ ।
मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण
स्वास्थ्य मन्त्रालयकाअनुसार मनाङबाहेक सबै जिल्लामा सक्रिय सङ्क्रमित छन् । १३ वटा जिल्लामा ५ सयभन्दा धेरै सङ्क्रमित छन् ।झापा, मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया