ब्रेकिंग न्युज

सेटिंगमा नियुक्त भएका काँग्रेस क्षेत्रीय सचिव देवेन्द्र पाण्डेको शाखाको जिम्मेवारी खोसियो । कपिलवस्तुको यशोधरा गाउँपालिकामा विवाद ।



कपिलवस्तु मङ्सिर ४


सेटिंग मिलाएर कार्यकतालाई दिएको जिम्मेवारी खोसिए पछि
कपिलवस्तुको यशोधरा
गाउँपालिकामा कर्मचारी र अध्यक्ष बिच बुधवार देखि विवाद सुरु भएको छ । गाउँपालिका अध्यक्ष
ग्रिजेस पाण्डेले प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर
सिंहलाई छलफल गर्न कार्य कक्षमा बोलाए लगतै
सिंहको कार्यकक्षमा बुधवार
दिउसो ताला लगाइएको थियो । सिंह हालसालै सरुवा भएर
गाउँपालिकाको जिम्मेवारी
सम्हालेका थिए । २०७७ साल वैशाखमा सरुवा भएर यशोधरा आएका
छैटौँ तहका
अधिकृत कृष्ण
पाण्डेले पहिलो पटक जिम्मेवारी पाए पछि अध्यक्ष ग्रिजेस
पाण्डे सिंह प्रति रिसाएका थिए ।


अध्यक्ष पाण्डेले सेटिंग मिलाएर नियुक्ति गरिएका नेपाली काँग्रेस क्षेत्रीय सचिव
देवेन्द्र पाण्डे (राजु ) ले
सामाजिक विकास शाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
अर्का अधिकृत रेश्मीराज शर्मालाई सामाजिक विकास शाखामा जिम्मेवारी तोकिए पछि
काँग्रेस निकट जन
प्रतिनिधिले विरोध गरेका थिए । ज्यालादारीमा काम गर्दै आएका देवेन्द्रलाई अध्यक्ष पाण्डेले यसै
वर्ष सेटिंग मिलाएर करारमा सहायक कम्प्युटर अपरेटरको
पद सिर्जना गरी जागिर खुवाएका थिए ।

कम्प्युटरको सामान्य ज्ञान मात्र भएका देवेन्द्रलार्ई अध्यक्ष र पूर्व प्रमुख प्रशासकीय
अधिकृत राम चन्द्र
ढकालको मिलेमतोमा नियुक्ति गरेका थिए । ज्यालादारीमा रहँदा देखी देवेन्द्रले शाखाको
नेतृत्व सम्हाल्दै आएका थिए । करारमा नियुक्त भए पछि
जिम्मेवारी नपाउँदै आफू खुसी शाखा चलाउँदै आएका
थिए । सामाजिक विकास शाखामा
धेरै बजेट चलाउने भएको हुँदा आर्थिक लाभका लागी अध्यक्ष
पाण्डेले
कार्यकर्ता
पाण्डेलाई जिम्मेवारी दिएका स्रोतले बताउँछ ।

कार्यपालिकाको निर्णय भन्दा बाहिर जिम्मेवारी तोकिएको छ । कुन कर्मचारीलाई जिम्मेवारी दिने भन्ने कार्यपालिकाको
जिम्मेवारी हो । प्रमुख ज्युले सल्लाह नगरी
हेरफेर गर्नु भयो । ’ अध्यक्ष पाण्डेले फोन
मार्फत भने । ताला लगाउने
खुलाउने सामान्य कुरा हो । जिम्मेवारी प्रक्रिया नियमले
मिल्ने नमिल्ने
विषयमा पछि कुरा गरौला भन्दै अध्यक्ष पाण्डेले थप कुरा गर्न चाहेनन् ।


सात महिना पछि जिम्मेवारी पाए ।


प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी फेरबदल गरे पछि
अधिकृत पाण्डेले हाजिर भएको
७ महिना पछि जिम्मेवारी पाएका छन् । निजामती सेवा ऐनको दफा
१८ मा
कार्यालयमा हाजिर
भएको २ महिना भित्रमा जिम्मेवारी दिनु पर्ने भए पनि
अध्यक्ष र पूर्व प्रमुख प्रशासकीय अधिकृतले ७
महिना सम्म अल्झाएका थिए ।
प्रमुख जिल्ला अधिकारीले पटक पटक आदेश दिए पनि गाउँपालिकाले
आदेश कायम
गरेको थिएन ।
नयाँ प्रमुखले काम सम्हालेको एक महिना मै अधिकृत पाण्डेले
जिम्मेवारी पाएका छन् ।


फर्जी विलको भुक्तानी रोकिदा गत वर्ष लेखा
शाखामा ३ साता तालाबन्दी ।

यशोधरा गाउँपालिकामा गत
वर्ष अध्यक्ष पाण्डेको निर्देशनमा ताला वन्दी गरिएको थियो
। वडा अध्यक्षले आफू खुसी बिल ल्याई भुक्तानीको
लागी दबाब दिए पछि
कर्मचारीले भुक्तानी रोकेका थिए । लेखा शाखाले फाइल रोक्दा तिन साता ताला वन्दी गरिएको थियो ।
लाखौँ रकमका फर्जी विल भुक्तानीका लागी अध्यक्ष
पाण्डेले दबाब दिएका नाम नखुलाउने सर्तमा एक
कर्मचारीले बताए ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६