ब्रेकिंग न्युज

नेकपा भित्रको विवाद गम्भीर मोडमा पुगेको छ : महासचिव पौडेल



काठमाण्डौ ५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद गम्भीर मोडमा पुगेको नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धुम्बाराहीमा छलफलपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै गम्भीर भएको प्रतिक्रिया दिनुभएको हो ।भेटमा अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर अवस्थामा रहेको तर समस्या समाधानहीन भने नरहेको बताउनुभएको स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गर्नुभएको थियो ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले  जानकारी दिनुभयो ।गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बन्नुभएको छ ।

अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गर्नुभए सँगै नेकपाभित्रको विवाद झनै बल्झिएको छ ।अध्यक्ष प्रचण्डको प्रस्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डविरूद्ध आक्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मङ्सिर १३ गतेसम्मको समय माग्नुभएको छ । त्यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफल सुरु भएको हो । 

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६