बेनी ५ मंसिर । नेपाल युवा परिषदको बेनी नगरपालीका पा १० पात्लेखेत शाखाले बालबालिकाका बिच ३१ औं अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ । बालगृहका बालबालिकालाई पुस्तक हस्तान्तरण गरि दिवस मनाइएको छ।संस्थाले बालबालिकाका लागि उपयोगी १५ हजाररकम बराबरका पुस्तकहरु सहयोग गरेको छ ।शुक्रबार बालगृहमा आयोजित कार्यक्रमका विच बालसंगठनका सभापति राजेश शाक्यलाई युवा परिषद पात्लेखेत शाखाका अध्यक्ष सप्नम मल्लले पुस्तक हस्तान्तरण गर्नुभएको थियो।
बालबालिकाका लागि उपयोगी हुने विभिन्न ज्ञानमुलक पुस्तकहरु सहयोग गरेको मल्लले बताउनुभयो । आगामी दिनमा बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बालसंगठनका सभापति शाक्यले सवैको साथ र सहयोगले नै बालगृहलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो । बालगृहको क्षमता वृद्धि गरी ५० देखी एकसय जना सम्म राख्न मिल्ने भौतिक पूर्वाधार बनाउन आफूले पहल गर्ने बताउनभयो । सप्नम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य रञ्जना श्रेष्ठले गर्नुभएको थियो । बालगृहमा १३ जना अनाथ बालबालिकाहरु रहेका छन् ।
प्रतिक्रिया