ब्रेकिंग न्युज

गुल्मीको मालिकामा आफ्नो जग्गा बेचेर बन अतिक्रमण ।



मंसिर ६,२०७७ गुल्मी :

गुल्मीका केही स्थानमा स्थानीयले सार्वजानिक जग्गा अतिक्रमण गरेर बसिरहेका
छन् । आफ्नो जग्गा हुदाँहुदै विकासको पहुँच पुगेका स्थानमा बसाइँसराइ गरी
सार्वजानिक जग्गा अतिक्रमण गरिरहेका हुन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नं.७ घमिरका विभिन्न स्थानबाट
बसाइँसराइ गरी घमिर कै सिलादीमा आएर सार्वजानिक जग्गा अतिक्रमण गरेर अहिले
१२ घरपरिवारका ७० जना बसिरहेको त्यहाँका वडाध्यक्ष बेदप्रसाद पन्थीले बताए ।

आज भन्दा २० वर्ष अगाडी बसाइँसराइ गरी सार्वजानिक जग्गा कब्जा गरी
बसिरहेका स्थानीयहरुले आफ्नो नामको लालपुर्जा नभएको गुनासो गरे । उनीहरुले
अघिल्लो पुस्ताबाट लालपूर्जा आफ्नो नाममा लिएका छैनन् । विकासको पहुँच
पुगेको स्थानमा बस्न उनीहरुले लालपूर्जा नै नभएको बताएका हुन् । “बा–आमाको
नामबाट आफ्नो नाममा लालपूर्जा नलिई सार्वजानिक ठाउँमा गएर बसिरहेका छन् ।”
वडाध्यक्ष पन्थीले भने,“केही त लालपूर्जा भएको आफ्नो जग्गा बेचेर
सार्वजानिक जग्गामा गएर बसेका छन् ।”




त्यहाँ बस्ने अधिकांश अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा आफ्नो जग्गा
नसारेको र जग्गा बेचेर सार्वजानिक जग्गामा गएका हुन् । केही भने, सडक
विस्तार गर्दा जोखिममा परेपछि सार्वजानिक जग्गा अतिक्रमण गर्न बाध्य समेत
बनेका थिए । अहिले सुकुम्वासी भन्दै सिलादीमा बस्ने अधिकांश पुरनकोट र
टुनीखोलाको आफ्नो जग्गा बेचेर झरेको घमिर वडाकार्यालयले जनाएको छ ।
सार्वजानिक जग्गा अतिक्रमण गरेर बसिरहेका सुकुम्बासी नामले चिनिने त्यहाँका
स्थानीयले आफ्नो दैनिकी मेलापात र मजदुरी गरी चलाउँदै आएका छन् ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६