ब्रेकिंग न्युज

सङ्गठन निर्माण र प्रचार प्रसारमा कम्युनिस्टबाट सिकौँ : सहमहामन्त्री महत



कपिलवस्तु ८ मङ्सिर ।नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सङ्गठन निर्माण र प्रचार प्रसारमा कम्युनिस्टबाट सिक्नु पर्ने बताउनु भएको छ । सोमवार कपिलवस्तुमा पत्रकार र कार्यकर्तासँग भेटघाटका क्रममा सरकारले काँग्रेसको योजना अनुसारका काम भए पनि कांग्रेसले प्रचार गर्न नसकेको बताएका हुन । नेता महतले सरकार प्रति इङ्गित हुँदै भने -ओली सरकार सत्ता टिकाउने अभियानमा मात्र लागेको छ ।  वर्तमान सरकारले जनताको आवश्यकता, पिर मर्का प्रति कुनै चासो दिएको छैन ।   
     नेकपाको दुई तिहाइको सरकारलाई जनताले हेरी सकेकोले अब आउने निर्वाचनमा काँग्रेसले यसलाई अवसरको रूपमा लिने सहमहामन्त्री महतले बताउनु भयो । कोभिडको महामारीमा समेत सरकारले केही गर्न सकेन तर २० अर्व रुपैयाँको खर्च देखाइयो उहाले भन्नु भयो । कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सह महामन्त्री महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको,उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताउनु भएको हो ।
    नेपाल प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षता, मणि प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा युनियनका उप सभापति खगप्रसाद चापागाईँको स्वागतमा भएको हो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबिसङ्घका सभापति राजीव ढुङ्गाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य, पूर्व पार्टी सभापति राजेश आचार्यले मन्तव्य राख्नु भएको थियो । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६