ब्रेकिंग न्युज

बेवारीस शवले सपनालाई पुरयायो विश्वका उत्कृष्ट १०० को सूचीमा



काठमाडौं, ९ मंसिर । काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् ।

    यो संगै सपना विपना मै उत्कृष्ट बनेकी छन् भने यस अघि कुनै ध्यान नदिएका आम नेपालीको ध्यान सपनाले आकृष्ट गरेकी छन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

    यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् ।‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जली स्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खाली छाडिएको छ,’बीबीसीले जनाएकोछ ।

    दैनिकजसो काठमाण्डौको पशुपति आर्यघाट आसपासमा हुन्छिन् म्याग्दीकी १८ वर्षीया सपना रोका मगर । काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् ।

    बेवारिसे शब भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ । कानुनी प्रक्रिया पुरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् । पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । म्याग्दीको मंगला गाउँपालिका बरंजा घर भएकी सपनाले आफन्त कोही नभएकाको उपचार र मृत्युपछिको दाहसंस्कारमा समय दिएकी सपनाले निरन्तरता दिइरहेकी छन् ।

    ‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु,‘यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ’ रोका मगरले भनिन् । बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन् ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६