अर्थ-वाणिज्य

लुम्विनी प्रदेशकालागि नयाँ सोच : रामघाट-दोमिल्ला साँस्कृतिक करिडोर



कपिलवस्तु १० मंसिर लुम्विनी प्रदेश नामाकरण गरेर राजधानी देउखुरी —भालुवाङ वनाउने कसरतका बीच मुख्यमन्त्री शंकर पोखरेलले एक आशावादी नयाँ अबधरणा सार्वजनिक गर्नु भयो—‘दाङ प्रशासनिक राजधानी ,रुपन्देही आर्थिक राजधानी ,रुपन्देही कपिलवस्तु र नवलपरासी साँस्कृतिक राजधानी ।’ नेपालका अन्य प्रदेशहरुले राजधानी  टुंगो लगाए तर यस्ता फरक फरक राजधानी घोषणा गरेको देखिएन । तर साविक प्रदेश ५ मा तीन प्रकारका राजधानी चर्चामा आए त्यसका आधारमा भोलि के के हुने हुन् त्यो अहिले नै भन्न सकिने स्थिती छैन । 

    यसैबीच कपिलवस्तुवाट प्रदेश सभामा निर्वाचित सांसद विष्णु पन्थीले सामाजिक मिडियाका आफ्ना निजी विचार भन्दै कपिलवस्तुको रामघाट देखि अर्घाखाँचीको पावरा दोमिल्ला क्षेत्रलाई सास्कृतिक पर्या —पर्यटन  करिडोरको रुपमा विकास गरौ भनेर लेख्नु भएको कुरालाई यहा मुख्यमन्त्रीको घोषणासंग जोडेर अलिकति चर्चा गर्न खोजिएको छ । सबैभन्दा पहिला सांसद पन्थीले देखेको सास्कृतिक मार्गको परिकल्पना उहाकै शब्दमा — हिन्दु संस्कृति र मान्यतामा बाणगंगा नदी -रामको बाण बाट उत्पत्ति भएको त्यसैका उपज_ रामघाट , लक्ष्मणघाट, रामदतिवन अनि ऋषिहरू श्रृङ्गी र कपिलमुनीका तपोस्थलहरु मधुवनधाम र कपिलधाम त्यस्तै हाम्रो प्रदेशको सबैभन्दा पुरानो तौलेस्वरनाथ मंदीरआदि धेरै महत्त्वपूर्ण स्थल र सम्पदा हुन ।  


    बुद्ध परम्परामा हजारौं शाक्यको सामुहिक बधस्थल सग्रहवा , शाक्य वंशको राजधानी तिलौराकोट , कनकमुनी बुद्ध जन्मस्थल निगालिकोट आदि अमुल्य स्थानहरु उत्तिकै पबित्र र मह त्वपूर्ण छन्। त्यस्तै विख्यात जगदीशपुर ताल, बिसाल प्राकृतिक बनक्षेत्र , बाणगंगा नदी प्रणाली पर्यावरणका अनुपम नमूना हुन । यो क्षेत्र आदिवासी थारू संस्कृतिको धरोहर हो । तसर्थ यो बाणगंगा (प्राचीन भागिरथी )नदीको रामघाट देखि मधुवन धाम पावरा दोमिल्ला अर्घाखाँची सम्मको दायाँबायाँ किनारालाई सांस्कृतिक तथा पर्या —पर्यटन मार्ग (Cultural & Eco tourism corridor )को रूपमा बिकास गर्नुपर्छ ।

    उहाले कसरी यो करिडोर समुन्नत पार्ने भन्ने उपाय पनि लेख्नु भएको छ — यो कोरीडोरको एकीकृत गुरुयोजनामा स्थानीय ,प्रदेश र संघीय सरकार ,लुम्बिनी विकास कोष ,सामुदायिक क्षेत्र , सहकारी र निजिक्षेत्र ,बौद्ध र हिन्दु धार्मिक संघ संस्थाहरु आदि सबैले मिलेर  एउटै लयमा कामगरौ । लुम्बिनी प्रदेश सरकारको सांस्कृतिक राजधानी र शाक्यहरुको प्राचीन राजधानी हाम्रो पर्यटनको मेरुदण्ड हो ,जसले गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई समेत सार्थक बनाउनेछ अनि कपिलवस्तुका जनताको जिबनस्तर उकास्नेछ । हामी बनाउछौ ,हाम्रो कपिलवस्तु राम्रो कपिलवस्तु । सांसद पन्थीको प्रबिद्धता पनि आएको छ । पन्थीको प्रतिवद्धता आफैमा सुरुवात हो तर वास्तविक रुपमा सार्थक हुन अर्थमन्त्री समेत रहेका मुख्यमन्त्रीको प्रतिवद्धता नीति कार्यक्रम र बजेट मार्फत आउनु पर्छ । जसकालागि कपिलवस्तु र अर्घाखाचीका प्रदेश सांसद बीच पनि यो अबधरणामा एकरुपता ल्याउनु जरुरीछ ।

    यो अवधारणामा समर्थन गर्दै नेपालका एक शशक्त पर्यटनबिद एवम नेपाल चाइना सम्वन्धमा उल्लेख्य योगदान पुराउदै आएका डा.सागर न्यौपानेले लेख्नु भएको छ — यो राम्रो अवधारणा हो ।  यहाँ अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न सांस्कृतिक, वौद्धिक, पर्या—पर्यटकिय( आधुनिक कृषि र जल—पर्यटन सहितको) विशेष क्षेत्र बनाउनु पर्छ । 

    जहाँ वर्षेनि कम्तिमा ६० लाख विदेशी पर्यटक आएर बस्न र घुम्न, खर्च गर्ने वातावरण बन्न सकोस ।  कृपया यसलाई वृहत् लुम्बिनी क्षेत्रको सबैभन्दा जाज्वल्यमान, सबैभन्दा धेरै रोजगारी सृजना गर्न सक्ने र सबैभन्दा धेरै कर उठाउन सकिने विशेष सांस्कृतिक तथा आर्थिक क्षेत्र बनाउन पहल गर्नुहोला  मेरो पूर्ण साथ रहनेछ । न्यौपानेको सटिक र मार्मिक विष्लेषणले लुम्विनी प्रदेशको सुखद भविश्यको मार्गदर्शन गरेको छ। 

    यू एन संग सम्वन्धित एक अन्तराष्ट्रिय गैससमा हाल विदेशमा कार्यरत कपिलवस्तुका विद्धान डा. गिरी  पन्थीले उक्त अवधारणालाई मास्टर प्लान वनाएर काम गर्न सुझाव दिदै प्रचिान कपिलवस्तु र वाणगंगा नदीको सामिप्यतालाई प्रदेश सरकारले नै योजना मार्फत संवोधन गरेर समृद्ध पार्न आग्रह गर्नु भएको छ । 

    सांसद पन्थीले आफ्नै पार्टीका शिर्ष नेता न्वारनदेखिको वल लगाएर गुटबन्दी ,घेरावन्दी र निशानाबन्दी गरेर पार्टी तोड्ने फोड्ने वा एकले अर्काेलाई सिद्धाउने सम्मको खेलमा सामेल भएका बखत कपिलवस्तु र अर्घाखाँचीको दिर्घकालिन पर्यटन विकाससंग सरोकार राख्ने सास्कृतिक पर्या —पर्यटनको अवधारणा कार्यान्वयन गरौ भनेर सबैको ध्यान मोड्न खोज्नु भएको छ । यो सह्रानिय छ । हुन सकेमा सुखद बन्नेछ। 

    तर सांसद पन्थीकै अर्काे फेसबुक स्टाटस हेरौं । जसले विकास र समृद्धीको मुल फुट्न कहाँवाट रोकिएको छ भन्ने स्पष्ट पार्दछ । उहाले हालै लेख्नु भएको छ — हाम्रो नारा “सम्बृद्व देश र सुखी जनता“ पुरा हुन रोक्ने मुख्य तीन समस्याहरु रहेका छन् । ती हुन् पहिलो ढंग नभएको राजनैतिक नेतृत्व , दोस्रो विकास बिरोधी प्रतिगामी सोचको नोकरशाही तत्व र तेस्रो हाम्रा प्रतिकुल कानुनहरु । त्यसैले गंभिरता पुर्वक आ—आफ्नो ठाउबाट समाधान लागौं । तबमात्र खुशी र सूखी जनता सहितको आधुनिक नेपाल बन्नेछ । 

    हो यी ३ समस्याको समाधान गर्न स्थानीय तहदेखि संघसम्म प्रचण्ड बहुमत रहेको नेकपाको नेतृत्व लाग्नेकी अर्थमन्त्री बिष्णु पौडेलले भने झै नेकपाका ९ सचिवालयका नेताहरु लडेर कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी बन्ने छिनोफानो छिटै हुनु जरुरीछ । 

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६