कपिलवस्तु १६ मंसिर ।लैंगिक हिंसा अन्त्यका लागि वर्षैभरी अभियानको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । मंगलवार ४ नं जितपुर वाणगंगामा राखिएको संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकाले महिलाहरुलाई शसक्तिकरण गर्दै लगेको बताउनु भयो । महिला माथि कुनै पनि हिंसा नहोस भनी नगरले महिलाहरुलाई विभिन्न सिपमुलक कार्यक्रममा आत्मनिर्भर बनाउदै लगेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका शाखा अधिकृत पुन्य प्रसाद अधिकारीले महिलाहरुको आर्थिक शसक्तिकरणले नै हिंसा कम हुने बताउनु भयो । कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले लैंगिक हिंसा अन्त्यका लागि संस्थाले निरन्तर समुदायमा सचेतीकरण गर्ने गरेको बताउनु भयो । सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष सुर्य कुमारी शाहिले लैंगिक हिंसा अन्त्यका लागि स्थानिय तह जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा वडा नं ४ का वडा सदस्य इन्दिरा पन्त , मानवअधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमाकान्त घिमिरे , इन्सेक प्रतिनिधि पार्वती आचार्य ,अधिकारकर्मी इन्दिरा भट्राई , दिना सुबेदी कमाल , एकल महिल समिति कपिलवस्तुका अध्यक्ष रुपा राई लगायतले महिलाको अर्थपुर्ण सहभागीता र उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउदा महिला माथि हुने हिंसा कम हुने बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले जिल्लाका महिलाको अवस्थाको चित्रण प्रस्तुत गर्नु भएको थियो । उक्त अबधारणा प्रस्तुतीको अधिकारकर्मी चेतना अधिकारीले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रम मानव अधिकार एलाइन्स , इन्सेक , महिला अधिकारमञ्च ,सिद्धार्थ सामाजिक विकास केन्द्र , सिद्धार्थ वचत तथा ऋण सहकारी ,नेपाल प्रहरी , सिद्धिपुर महिला सामाजिक विकास संस्था , एकल महिला सञ्जाल , सामाजिक विकास डिभिजन कार्यालय लगायतको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
प्रतिक्रिया