कपिलवस्तु १८ मंसिर ।लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला कपिलवस्तुमा एक महिलाको बिभत्स हत्या गरिएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ४ स्थित सिमावर्ती क्षेत्र शिर्शिहवा गाउँको बगैँचामा हत्या गरी रुखमा बाधिएको अवस्थामा महिलाको शव फेला परेको हो । मंगलवार साझ ६ बजेतिर स्थानीय नोहर बानियाको आँपको बगैचामा रुख मुनी हत्या गरी राखिएको अवस्थामा महिलाको शव मृत अवस्थामा भेटिएको प्रहरी प्रबक्ता तथा प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले बताए ।
महिलाको हत्या भएको र बुधवार साझ सम्म पनि शवको पहिचान नखुलेको उनले बताए । अन्दाजी २२ वर्षिय महिलाको शव फेला परेको हो । रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको रेग्मीले बताए । शरीरको टाउको हात लगायतका बिभिन्न स्थानमा चोटको निराश छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको अध्यययन र अनुसंधानकालागि घटना स्थलमा तालिम प्राप्त कुकर समेत परिचालन गरएको छ ।
भेटिएको शवलाई परिवारको ईच्छा बिपरित बिवाह गरे पछि माइत पक्षले गायब गराएकी पुष्पा चौधरीको रहेको आशंका गरिएको थियो । शवको पहिचानकालागि पुष्पाको श्रीमान दिनेश प्रसाद कुर्मी र पुष्पाका बुवालाई सोमवार राति नै ईलाका प्रहरी कार्यालय कृष्णनगर झिकाइएको थियो । तर सो शव पुष्पाको नरहेको उनीहरुले बताएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।
भेटिएको शव पुष्पाको नरहेको उनले बताए । घटनको अनुसंधान भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए । १६ दिने लैगिंक हिंसा मनाईरहदा कपिलवस्तुमा अपराधिक घटनाहरु झन बढेको छन ।
प्रतिक्रिया