सूचना र प्रविधि

पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै कांग्रेसको आपत्ति



काठमाण्डौ १८ मंसिर । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ ।

हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो । यस्तै, पौडेलले आज प्रहरीको कुटाइबाट आफूलाई थप पीडा बढेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजोभन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताउनु भएको छ ।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६