ब्रेकिंग न्युज

हिंसाविरुद्ध खवरदारी : बुहारीसंग हातेमालोमा प्रहरी



कपिलवस्तु २० मंसिर । हिंसाविरुद्ध खवरदारी,बुहारीसंग हातेमालोमा प्रहरी शिर्षकले जसरी नयाँपनको महशुस गराउछ  यस्तै नयाँ कामको थालनी गरेको छ कपिलवस्तुको एक इलाका प्रहरी कार्यलयले । १६ दिने लैङिगक हिंसा विरुद्धको अभियानको सनदर्भमा मेचीकाली बुहारी अभियानको संयोजन र इलाका प्रहरी कार्यलय पिपरा बाणगंगाको आयोजनामा भएको अन्तरकृयामा छोरी बुहारी माथि हुने हिंसाका घटनामा प्रहरीलाई खवरगर्ने काम प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ ।

हिंसामा कुनैपनि महिला परेको जसले थाहा पाउछ सबैभन्दा पहिला प्रहरीलाई खवर गर्ने र प्रहरीले कुनै मोलाहिा नगरी पीडकमाथि कानुनी कारवाही नै अघि वढाउने प्रविद्धता ब्यक्त भएको छ ।    बाणगंगाका ११ वटै बडा र कपिलवस्तु नगरपालिकाका ३ वटा बडाका महिला वालवालिका र समाजसेविहरुको सहभागितामा भएको अन्तरकृयामा हिंसाका घटना संख्यात्मक रुपमा बढेपनि समस्या समाधानमा गुणात्मक फड्को हानेको स्थितीवारे समिक्षा गरेका थिए ।

    मेचिकाली बुहारी अभियानको संयोजन र इलाका प्रहरी कार्यलय पिपराको आयोजनामा भएको अन्तरकृयावाट लैङिगक हिंसा समाधान गर्न एक आपसमा मजवुत सहकार्य नागरिक र प्रहरी बीच हुने वाताबरण बनेको प्रहरी निरिक्षक दिनेश गुरुङले वताउनु भयो ।

प्रकाशित : २० मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६