सूचना र प्रविधि

प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको छ : कृषि मन्त्री भुसाल



भैरहवा २२ मंसिर । कृषि मन्त्री घनश्याम भुसालले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताएका छन्। अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं,२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्रको भवनको शिलान्यास गर्दै उनले भने-“अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौ, एक महिना भित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौ।

मन्त्री भुसालले कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताए । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्र नमुना भएको बताए। उद्योगका जिएम उद्वव कार्कीले उद्योगको सामाजिक उतरदायितव अन्तरगत यस्तो काम हरेक वर्ष हुने, यसको सुरुवात उद्योग भएको स्थानबाट गरेको बताए।स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । उनले एक वर्ष भित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई स्वास्थ्य केन्द्र हस्तान्तरण गर्ने बताए ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६