ब्रेकिंग न्युज

सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक स्कटको ७९ वर्षको उमेरमा निधन



 काठमाडौं २३ मंसिर । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए ।उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको लागि लकडाउनम हजारौं पाउण्ड रकम जुटाएका थिए ।बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए । सोमबार उनको आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए । यो मार्गबाट सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ ।स्रोत : बीबीसी

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६