ब्रेकिंग न्युज

हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश



रौतहट २४ मंसिर। बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ ।बारागढी गाँउपालिका–५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पंडितको ईजलासले जेलचालानको आदेश दिएको हो ।पुर्पक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह,नगिना साह, राजिन्द्र साह, सुरेन्द्र साह, कामेश्वर चौधरी र राजन महतो रहेको सरकारी वकिल कार्यालय बाराका सुब्बा सुलेमान अंसारीले जानकारी दिएका छन् । पीडितकोतर्फबाट जिल्ला  न्यायाधिवक्ता महेन्द्र थापाले बहस गरेका थिए ।

प्रतिबादी सबै ६ जना गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । हाजिर भएपछी प्रहरीले आवशयक अनुसंधान पछी मिसिल सहीत उनीहरुलाई जिल्ला अदादलतमा कार्वाहीका लागी पेस गरीएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन ।२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाँउपालिका वडा ५ सिंघासनी गाँउमा गएको थियो । सोहीराती जन्तीहेर्न गएका गोबिन्द साह भोलीपल्ट गाँउनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परेका थिए।घटनापछि मृतकका आफन्तले कारागार चालान भएका सबै ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेका थिए । मुद्दापछि आरोपी सबैजना फरार रहेका थिए ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६