काठमाडौं २४ मंसिर । नेपालले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको छ। विभिन्न मुलुकहरुमा भइरहेको परीक्षण सफल हुनासाथ नेपालले पनि खोप ल्याउने तयारी अघि बढाएको जनाएको छ। नेपालले कोरोना विरुद्धको खोप अब भारत र चीनबाट ल्याउनेबारे छलफल चलिरहेको छ। यी दुई छिमेकी देशबाट ल्याउँदा नेपालले २० प्रतिशत खोप निस्शुल्क प्राप्त गर्ने भएकाले नेपालले भारत र चीनबाट खोप ल्याउने तयारी अघि बढाएको हो।
औषधी विज्ञानमा अनुसन्धानरत चिकित्सक पाटन अस्पतालका डा. बुद्ध बस्नेतले चीन र भारतमा बनेका खोप नेपालका लागि बढी उपयोगी हुने बताए।स्वास्थ्य मन्त्रालयको कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिमाण, लागत टुंगो लगाइसकेको छ। नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ।कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत र बाँकी सरकारले ब्यहोर्दा कोरोना विरुद्धको खोपमा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने अनुमान मन्त्रालयले गरेको छ।
कोभ्याक्स फ्यासिलिटीमा खोपमा काम गर्ने संख्याहरू विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्था आवद्ध छन्।नेपालमा शुरूमा २० प्रतिशत भ्याक्सिन निस्शुल्क ल्याइनेछ। पहिलो चरणमा ल्याइने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइनेछ।की १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने व्यक्ति, दीर्घरोगी र वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई लगाइने योजना सरकारले बनाएको छ। खोप कहिले आउनेछ भन्ने यकिन भने भएको छैन।
प्रतिक्रिया