ब्रेकिंग न्युज

चार वर्ष देखी ग्यारेजमा अलपत्र कपिलवस्तु नगरपालिकाको टिप्पर ।



कपिलवस्तु मङ्सिर २५ 
कपिलवस्तु
नगरपालिकाबाट भाडामा लगाउने गरी दिएको टिप्पर ४ वर्ष देखि ग्यारेज मै
थन्किएको छ । नगरपालिकाको स्वामित्वमा रहेको लु १ क ३८५ नम्बरको टिप्पर ४
वर्ष अगाडी भाडामा लगाउने गरी लगिएको थियो । टिप्पर लगे लगत्तै विवाद भए
पछि भाडा बापतको रकम फिर्ता गरिएको थियो । रकम फिर्ता गरे पनि मर्मतका लागी
ठेकेदारले ग्यारेज पुराएको टिप्पर वर्षै देखी त्यही अलपत्र परेको छ । 
२०७३
माघ महिनामा नगरपालिकाले टेन्डर आह्वान गरी टिप्पर भाडामा लगाइएको थियो ।
कपिलवस्तु नगरपालिकाका निर्माण  व्यवसायी बलराम तिवारीले डेढ वर्षका लागी ४
लाख ८० हजार रकम तिर्ने गरी टिप्पर भाडामा लिएका थिए । मासिक १ लाख भाडा
पर्ने टिप्पर तिवारीले सेटिङ मिलाएर नगरपालिकाबाट भाडामा लिएको तौलिहवाका
एक निर्माण व्यवसायीले बताए । नगरपालिकाले २ वर्ष देखी कर नतिरेको थाहा पाए
पछि कर तिर्न आग्रह गरेका थिए । नगरपालिकाले कर बुझाउने विषयमा विवाद हुन
लागे पछि भाडा रुद्ध गरिएको थियो । सम्झौता रद्द भए पछि तिवारीले भाडा
स्वरूप जम्मा गरेको रकम फिर्ता गरिएको थियो । 

जिन्सीबाट प्रक्रिया पुरा
नगरी लगिएको टिप्पर त्यसै दिनबाट अलपत्र परेको थियो । भाडा प्रक्रिया रद्द
भए पनि टिप्पर भने तिवारीले उपयोग गर्दै आएका स्थानीय बताउँछन् । तिवारीले
शिवराज नगरपालिकामा रहेको अच्छु ग्यारेजमा करिब ३ वर्ष अगाडी टिप्पर
मर्मतका पुराएका थिए । 
‘ मैले नगरपालिकालाई भाडा तिर्ने गरी  टिप्पर
लिएको थिए । नगरपालिकाबाट लिए पछि मर्मतका लागि अच्छु ग्यारेजमा पुराएको
थिए । नियमित रूपमा कर नतिरेको थाहा पाए पछि कर तिर्न आग्रह गरे ।
नगरपालिकाले कर तिर्नका लागी कुनै चासो दिएन । दुर्घटनाको जोखिम आफैलाई
हुने देखियो । त्यस पछि नगरपालिकाले भाडा सम्झौता रद्द गरेको थियो । टिप्पर
बनाउँदा ढाई लाख भन्दा बढी खर्च भएको छ । त्यो रकम समेत पाइएन । रकम नपाए
पछि टिप्पर ग्यारेज मा छोडेको थिए ’, बलराम तिवारी बताउँछन् ।
नगरपालिकाका
एक कर्मचारीका अनुसार भाडामा लगेका ठेकेदारले मर्मतको विल पेस गरे पछि
विवाद भएको थियो । भाडामा लगाउनु हुने या नहुने भन्ने विषयमा अलमल भए पछि
सम्झौता रद्द गरिएको थियो । कार्यालय प्रमुख फेरिए पछि टिप्पर भाडामा
लगाउने विषय अन्यौलता भएको थियो । कार्यपालिका बैठकमा पटक पटक कुरा चले पनि
चन्द्रौटा अलपत्र रहेको टिप्पर ल्याउन पहल भएको थिएन । ग्यारेज सञ्चालकका
अनुसार टिप्पर मर्मतका लागी डेढ लाख बढी खर्च भएको बताए ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६