अर्थ-वाणिज्य

पाँच रुपैया किलोमा पनि बिक्न छाड्यो मुला ।



कपिलवस्तु२६ मंसिर ।खेत
भरी लगाएका मुला बिक्री गर्ने योग्य भएका छन् । नर्सरीमा अरू तरकारीका
बिरुवा समेत तयार रहेका छन् । ती बिरुवा खेतका मुला खाली गरे पछि लगाउनु
पर्ने हुन्छ । दश दिन भित्र जसरी भए पनि मुला हटाएर नसरीमा उमारेका बिरुवा
लगाउनु पर्छ । तर मौसममा परिवर्तन भए पछि मुला बिक्री न्यून भएको छ । 

   चिसो
मौसम बढ्दै जाँदा खेतमा लगाएका मुला बिक्री नभए पछि कपिलवस्तुका तरकारी
कृषक समस्यामा परेका छन् । कपिलवस्तुमा व्यवसायीक रूपमा तरकारी खेती गर्दै
आएका बुद्धभुमी, वाणगंगा, कपिलवस्तु नगरपालिकाका कृषकहरू मुला खरिद गर्ने
ग्राहक नभए पछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बजारमा मुलाको
माग कम हुन लागे कृषक प्रति किलो ५ रुपैयाँका दरले बिक्री गरेका छन् । निकै
सस्तोमा मूल्य भए पनि बजारमा मुलाको बिक्री गुन्यु रहेको छ । उत्पादन
अनुसार खपत नभए पछि कृषकहरूले बाहिरी जिल्लामा बिक्रीका लागि पहल गरिदिन
अनुरोध गरेका छन् । 

    स्थानीय बजारमा मुला उपभोग कम छ । अहिले ५ रुपैया
किलो बिक्री गर्दा पनि ग्राहक फेला परेका छैनन् । मुलाले चिसो उङ्ने भन्दै
ग्राहकहरू खरिद नगरी फर्कने गरेका छन् । ’बुद्धभुमी १० लोहरौलाका कृषक राय
केवट बताउँछन् । केवटको डेढ कट्ठामा लगाएको मुला बिक्री नहुँदा खेतबारी मै
रहेको छ । लोहरौरा मात्र नभई मोतिनगर, धर्मपुर, गगनी लगायतका खेत मुलाले
भरिएका छन् । 

    बुद्धभुमी १० मोतिनगरका अगुवा कृषक गंगा सागर केवटका
अनुसार कृषकले उत्पादन गरेको मुला बिक्री नभएको बताए । दुई साता अगाडी ५०
रुपैया केजीको हाराहारीमा बिक्री भएको मुलाले चिसो बढे पछि ग्राहक नपाएको
बताए । शनिवार पिकनिक खाने बढी हुने दिन भएको र बिहेको दिन मात्र माग रहेको
छ । अन्य दिनमा ग्राहक पाउन कठिन रहेको बताउँछन् ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६