ब्रेकिंग न्युज

७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम हुने



कपिलवस्तु २६ मंसिर । रगत नपाए कपिलवस्तु जाऔँ भन्ने नारालाई  आत्मसात गर्दै कपिलवस्तुमा रक्तदान कार्यक्रम हुने भएको छ । भोली ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो । साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रक्तदानबारे जानकारी दिँदै  सभापति गोविन्द पोख्रेलले डेढ सय पोका रगत संकलन गर्ने लक्ष्य रहेको  बताउनु भयो ।

सि एण्ड सि हस्पिटलमा विहान ९ बजेदेखि १ बजेसम्म  रक्तदान हुने उहाँले बताउनुभयो।  पोख्रेलले यो सबैको कार्यक्रम भएकाले सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो ।संस्थाका कोषाध्यक्ष माधव घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका प्रेस संयोजक सदस्य बुद्धि सागर बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६