ब्रेकिंग न्युज

चन्दा नदिएको निहुँमा शिक्षक श्रेष्ठको हत्या भएको खुलासा



विराटनगर २६ मंसिर ।  नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या चन्दा नदिएको निहुँमा गरेको खुलेको छ।विप्लवले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको भए पनि १० हजार चन्दा नदिएको निहुँमा उनको हत्या भएको खुलेको हो। विप्लव समूहले गत असारमा श्रेष्ठसँग १० हजार चन्दा मागेका खुलेको छ। सो समयमा उनले ५ हजार मात्र रहेको बताएपछि सो रकम नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो साता पनि बाहिरबाट सरहरू आउनुहुन्छ भन्दै विप्लव समूहले खसी मागेको थियो। तर, श्रेष्ठले खसी नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेका थिए।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६