काठमाडौं २६ मंसिर । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)अझै तीन महिना नखुल्ने भएको छ ।जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमतिपत्र ९ट्रायल० नखोल्न आन्तरिक छलफल भएको यातायात व्यवस्था विभागले जनाएको छ ।चालक अनुमति ९ट्रायल० खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातायात व्यवस्था विभागले अनलाइन प्रणालीलाई अनुमति दिने गर्दछ ।
यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरी अनलाइन सिस्टम बन्द गरेको थियो ।विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।प्रदेश मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले प्रदेशबाट अनुमति भइसकेको र अनलाइन प्रणाली खोल्ने अधिकार यातायात व्यवस्था विभागसँग रहेको बताउनु भयो ।कोरोना भाइरसका कारण चैतदेखि रोकिएको ड्राइभिङ लाइसेन्सका लागि ट्रायल खुलाउनका लागि यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन नसकेको हो ।
विभाग प्रदेश तीनको भौतिक मन्त्रालयबीच समन्वय गरी जाडो महिनाभरि तत्काल खुला नगर्ने कि भनेर छलफल भएको र त्यहीअनुसारको तयारी भएको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिनुभयो ।‘विभाग र मन्त्रालयबीच यस जाडो महिनाभरि कोरोना भाइरसको जोखिम पनि उच्च रहेको र ट्रायल सेन्टरमा एकाएक भिड हुन सक्ने भन्दै तत्काललाई नखोल्ने छलफल भएको बताउनुभयो ।तर, प्रदेश सरकारसँग बुझ्दा प्रदेशसँग कुनै सरोकार नै नभएको प्रदेश तीनका भौतिक प्रवक्ता नवीनकुमार सिंहले बताउनुभयो ।
‘प्रदेशबाट रोकिएको नै छैन । विभाग आफैँले सुरुदेखि बन्द गरेको हो । प्रदेशसँग कुनै सरोकार नै छैन, तैपनि हामीले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका छौँ,’ अनलाइन सिस्टम खोल्ने जिम्मा विभागको हो उतै बुझ्नु,’ सिंहले भन्नुभयो ।सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त गरे पनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाइसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो ।चालक अनुमतिपत्र लिनका लागि सवारीधनीहरु ट्रायलको पर्खाइमा रहेका छन् ।
यातायात व्यवस्था कार्यालयका अनुसार अहिले हजारौँ सवारीधनीहरू प्रभावित बनेका छन् । विभागले भने लाइसेन्स छपाइको काम सकेको छ ।नयाँ लाइसेन्सका लागि ट्रायल नखुल्दा नयाँ लाइसेन्स छपाइको काम नरहेको विभागले जनाएको छ ।पुरानो स्टक रहेका लाइसेन्ससमेत छापिसकेको विभागको भनाइ छ । तैपनि विभागले नयाँ सेवाग्राहीलाई ट्रायल नलिएर किन खोल्न मानिरहेका छैन ।उल्टै विभागले प्रदेशलाई दोष देखाउँदै आफू पन्छिँदै आइरहेको छ ।
प्रतिक्रिया