ब्रेकिंग न्युज

१८ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँची बासिन्दा हर्षित



अर्घाखाँची २८ मंसिर ।  १८ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा खुशी भएका छन् ।२०५९ सालमा तत्कालीन माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएको थियो । जलेर नष्ट भएका  लालपुर्जा १८ वर्षपछि नापी कार्यालय पुनः नापनक्सा गरी बल्कोटमा ६ सय ५० aघरधुरी र केरुङ्गाका  एक हजार एक सय ८६ जग्गा धनीलाई लालपुर्जा वितरण सुरु भएको अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनुभयो ।द्वन्द्वका  समयमा नक्साबिहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको पनि रानाले बताउनुभयो ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६