ब्रेकिंग न्युज

नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरि स्थगित हुने



काठमाडौं २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेपछि स्थगित हुने भएको छ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक शोक प्रस्ताव पेश गरेर स्थगित हुने भएको हो ।पूर्व राजदूत समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । लामाको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ ।मंसिर २१ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्ताव पेश भएको थियो। दुवै प्रस्ताव अध्ययन गर्न स्थानी कमिटी सदस्यलाई एक साताको समय दिइएको थियो।मंसिर २१ गतेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनुभएको थिएन । आजको बैठकमा भने प्रधानमन्त्री ओली पनि उपस्थित हुने जनाएको छ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६