ब्रेकिंग न्युज

दाङमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



दाङ २८ मंसिर । तुलसीपुर उपमहानगरपालिका–६ की ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उपमहानगरका फोकल पर्सन विमल केसीका अनुसार ती महिलाको शनिबार राति मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि दाङ ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको केसीले बताए। मंसिर २६ मा कोरोना संक्रमण पुष्टि भएको ती महिलामा दमको समस्या भएको बताइएको छ।उपमहानगरमा अहिलेसम्म कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ७८५ पुगेको छ। तीमध्ये ६९७ जना कोरोनामुक्त भइसकेका उपमहानगरको जन स्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६