ब्रेकिंग न्युज

सानिमा बैंक र एनसेलबीच नि:शुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता



काठमाण्डौ २९ मंसिर । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई निस्शुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता भएको छ । सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने सम्झौता भएको हो । बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडकातर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एपको सेवा लिने बैंकका सेवाग्राहीलाई तीनसय रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिमकार्ड प्रदान गरिने छ।

साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट डाटा प्राप्त गर्ने छन्।सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चतम ब्याज दिँदै आइरहेको छ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६