सूचना र प्रविधि

उपत्यकामा जोरबिजोरको नियम हट्ने



काठमाडौं २ पुष । उपत्यकामा गुड्ने सबैखाले सवारीमा लागू भएको जोरबिजोरको नियम हट्ने भएको छ। बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित सुरक्षा समितिको बैठकले यातायात व्यवसायीको छलफलपछि यो निर्णय गरिएको हो। उपत्यकामा चल्ने सवारीसाधनमा असोज १ देखि जोरबिजोरको नियम लगाइएको थियो।त्यस नियम भोलि अर्थात् शुक्रबार (पुस ३) बाट हटाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदुरले सबैखाले सवारीसाधन चलाउने भनी संयुक्त विज्ञप्ति नै जारी गरेका थिए।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६