ब्रेकिंग न्युज

चार महिनामा एक अर्बबढी घरेलु उद्योगमा लगानी



दाङ ४ पुस । चालूआर्थिक वर्ष २०७७/ ०७८ को पहिलो चौमासिक सम्म दाङमा १ अर्ब १३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी साना उद्योगमा भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका उद्योगमा यो लगानी थप भएको हो । जसबाट ४ सय ५३ जना पुरुष र ३ सय १५ महिला उद्यमी बनेका छन् भने पुरुष १ हजार ९ सय १६ जना, महिला ४ सय ७१ जना रोजगार प्राप्त गरेको कार्यालयले जनाएको छ ।दाङमा चार महिनाको अवधीमा ६ सय ७० वटा साना उद्योगहरू थपिएका छन् । चालूआर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्म घरेलु तथा साना उद्योग कार्यालय दाङमा ६ सय ७० उद्योगहरू दर्ता भएका हुन् ।

    विश्वव्यापी फैलिएको कोरोनाले हरेक क्षेत्रमा प्रभावित पारे पनि जिल्लामा साना उद्योगहरू थपिन नरोकिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।कोरोनाको कारण रोजगार गुमाएकाले आफैंले केही गरौ भनेर उद्योग दर्ता गरेकाले पनि संख्यामा कमी नभएको हो । यसरी थपिएकामध्ये प्राइभेट फर्म ६ सय २२ वटा, साझेदारी फर्म ४० वटा र प्रालि ८ वटा रहेका सूचना अधिकारी विक्रम केसीले बताए । उनले ७२ वटा उत्पादनमूलक उद्योग दर्ता भएको बताए । चालूआवको पहिलो चौमासिकमा जिल्लामा ५ सय ५२ वटा उद्योगहरूको नवीकरण भएको छ भने ५७ वटा उद्योगले लगत कट्टा गरेका छन् ।
   यसैगरी ३ सय ४२ वटा उद्योगले पूँजी वृद्धिसमेत गरेका छन् । यस अवधिमा कार्यालयले ३२ लाख १० हजार १ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ । राज्यले सहुलियत दिएकाले उद्योग दर्ता बढेको कार्यालय निमित्त प्रमुख उमबहादुर वलीले बताए । अहिले सरकारले निःशुल्क उद्योग दर्ता गरेको छ । त्यस्तै म्याद सकिएका उद्योगहरूलाई ६ महिनासम्म जरिवाना लिइएको छैन ।
राज्यले उद्योगीहरूलाई विभिन्न खाले अनुदान दिने गरेकाले पनि पछिल्लो समय उद्योग दर्ता बढेको उनको भनाई रहेको छ
   पछिल्लो समय उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । उद्योगहरू वृद्धि हुँदै जाँदा जिल्ला आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्ने उनले बताए । उद्योग थपिए पनि भएका उद्योगहरू भने समस्यामा छन् । राज्यले उद्योगीको समस्या नबुझेकाले समस्यामा परेको उद्योगीहरु बताउँछन् ।सरकारले उत्पादन गर्ने उद्योगहरूलाई मात्र उद्योगको रुपमा दर्ता गरिनुपर्ने निजी क्षेत्रहरूले बताएका छन् । स–साना होटेलहरूलाई पनि उद्योगमा दर्ता गरिँदा उद्योगहरूको संख्यामा मात्र वृद्धि भएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताउँदै संख्या मात्र वृद्धि नभई उत्पादन पनि बढनुपर्ने उल्लेख गरे ।

प्रकाशित : ४ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६