कपिलवस्तु पुस ४ गते
रोगको कारण आँखाको दृष्टी गुमाउनेको संख्या न्युन गर्न छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जले टोल टोल पुग्ने भएको छ । उज्यालो अभियान नारा लिएर अस्पतालले कपिलवस्तुको १० स्थानीय सरकार सँग सहकार्य गर्ने भएको छ । सहकार्य गर्नका लागि अस्पतालले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका बुद्धमुमी नगरपालिका विजयनगर गाउँपालिकाका कार्यपालिका सँग छलफल गरेको छ । छलफलका क्रममा स्थानीय सरकारले अस्पताल सँग सहकार्य गरी गाउँबाट आखाँको दृष्टी गुम्न सक्ने व्याक्तीको खोजी गरी उपचार गराउने प्रतिबद्धता गरेको अस्पतालका प्रमूख प्रशासकिय अधिकृत जसराज वि.क.ले बताउनु भयो ।
कपिलवस्तु जिल्लामा मोतियाबिन्दुको समस्या भएका विरामीको संख्या थपिदै गएको हुँदा वडा तहमा आँखाको ज्योती जोगाउने खालका अभियान संचालन गरी न्युनीकरण गर्ने अभियानका साथ अस्पताल स्थानीय सरकार सँग सहकार्य गर्ने योजना बनाएको थियो । जिल्लामा बार्षीक २ हजार ५ सय भन्दा वढी मानिस मोतियाबिन्दुका समस्या भएर शल्यक्रिया गर्ने बिमारी रहेका छन् । अस्पतालले आर्थिक अवस्था न्युन भएकालाई निशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । १६ वर्ष अगाडी स्थापना भएको अस्पतालले ८ लाख १० हजार बढिको आखाँ चेकजाँज गरिएको बरिष्ठ प्रशासकिय अधिकृत शमसेर थापाले बताउनु भयो । उपचारका लागि आएका मध्ये १ लाख ११ हजार ३ सय ५५ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उपचार भएका मध्ये ८० प्रतिशत भारतीय रहेका छन् । भारतमा उपचार महंगो हुने भएकोले आँखाको उपचारका लागि नेपाली अस्पताल आउने गरेका छन् ।
नेपाल नेत्रज्योति संघबाट संचालन भएको अस्पताललाई नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टि संघ(ल्ब्द्यए)ले आर्थिक सहयोग गर्दै आएको छ । शुक्रवार बुद्धभूमि नगरपालिकामा संचालन भएको अन्तरकृयामा बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल, वडा न ८ का वडा अध्यक्ष कपिलदेव तिवारी, संघका तर्फबाट केन्द्रीय सदस्य कृष्ण कृुमार गिरी, लुम्बिनी प्रदेश कोषध्यक्ष लिला शाह, दाङ जिल्ला सचिव सुरेन्द्र बहादुर खड्काले बोल्नु भएको थियो । कार्यक्रम अस्पताल समितीका संयोजक शारदा चौधरीको अध्यक्षता र सुचना अधिकृत बालाराम ख्डकाको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया