देउखुरी ५ पुस ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव दाङमा हुनुहुन्छ । आइतबार देखि देउखुरीको लमहीमा हुन लागेको दुई दिने राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष यादव शनिबार बेलुका दाङको लमहीमा आईपुग्नु भएको हो ।समाजवादी महिला संघ लुम्बिनी प्रदेशले देउखुरीको लमहीमा आइतबार देखि नेतृत्व विकास, एवम् राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

सोही कार्यक्रमको उद्धघाटन गर्न पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री यादव सहितको टोली दाङ आएको पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनु भयो । समाजवादी महिला संघ लुम्बिनी प्रदेशले आइतबार बिहान १० बजे लमहीको थारु कल्याणकारी सभा क्षेत्रिय समिती लमहीको सभाहलमा प्रशिक्षण कार्यक्रम राखेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका केन्द्रिय कार्यकारणी सदस्य तथा प्रचार—प्रसार विभाग प्रमुख डम्मर खतिवडा, केन्द्रिय कार्यकारणी सदस्य एवम् शहरी विकास तथा खानेपानी विभाग प्रमुख मोहम्मद इस्तियाक राई, केन्द्रिय कार्यकारणी सदस्य दुर्गा सोप, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्य मनिकर कार्की र अब्दुल रहमान खान लगायतको सहभागिता रहेको पार्टीका जिल्ला अध्यक्ष शर्माले जानकारी दिनु भयो ।
प्रशिक्षण कार्यक्रम दुई दिनमा चल्ने बताइएको छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका एक सय बढी महिला नेता कार्यकर्ताहरुको सहभागिता रहने आयोजक समाजवादी महिला संघ लुम्बिनी प्रदेशकी अध्यक्ष गिता श्रीवास्तवले जानकारी दिनु भयो ।
प्रतिक्रिया