काठमाडौं ५ पुस । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ ।आइतबार विज्ञप्ति जारी गरी महासंघले प्रधानमन्त्रीको यो कदम २०६२\०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ ।महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । त्यस्तै सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाई प्रधानमन्त्रीको कदमको विरोध गर्न महासंघले आग्रह गरेको छ ।
५ पुस २०७७, आइतबार
प्रतिक्रिया