काठमाडौं, ७पुस । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसद विघटन हुनै नसक्ने वताउदै अव प्रचण्ड संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने वताउनु भएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत जाने बताउनु भयो । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद समेत सहभागी भेलापछि नेता खनालले यस्तो बताउनु भयो ।
‘यो संविधानकाविरुद्ध गरिएको ‘कू’ हो । यो अख्तियारको दुरुपयोग मात्रै होइन, असंवेधानिक ‘कू’ भएकाले यसकाविरुद्ध हामी राजनीतिक अभियान पनि चलाउछौँ,’, नेता खनालले थप्नु भयो , ‘संवैधानिक र कानुनी अधिकारका लागि सर्वोच्च अदालत पनि जान्छौं ।’उहाले संवैधानिक र कानुनी अधिकार तथा सवै उपाय लगाएर ओलीले विघटन गरेको संसदलाई पुनर्जीवित गरेरै छाड्ने दावि गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले केन्द्रीय समितिको बैैठकमार्फत ‘कू’ गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने समेत जनाउनु भयो ।‘जसले पार्टी नीति भावना र संविधानविरुद्ध कदम चालेको छ उसलाई आवश्यक कारवाही गर्छौँ’, खनाललको भनाइ छ । नेकपाको प्रचण्ड नेपाल समूहको भेलामा प्रतिनिधि सभाका ९० र राष्ट्यि सभाका २४ जना सांसद सहभागी थिए ।
प्रतिक्रिया