ब्रेकिंग न्युज

प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको ओली पक्षको भेलाको दाबी



काठमाण्डौ ७ पुष । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको भेलाले प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको दाबी गरेको छ ।बिहान बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकपछि नेता प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानअनुसार बैठकको  लागि अध्यक्ष र महासचिव हुनुपर्ने र बैठकको माइन्यूट पनि गरिनुपर्ने भएकाले अर्को पक्षका भेला र निर्णय व्यक्तिगत प्रयोजनको लागि मात्रै भएको दाबी गर्नुभयो ।

‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, बैठकको लागि सूचना दिनुपर्छ, हामीले सूचना दिएर बैठक डाकेका छौँ, निर्णय भएको छ, त्यसैले नेकपाको आधिकारिक बैठक यही नै हो, अरु निर्णय त हामीले चिन्दैनौँ।’केन्द्रीय समितिको बैठकले कसैलाई पनि कारबाही नगरेको र नेकपा एक ढिक्का भएको ज्ञवालीको दाबी छ । केही व्यक्तिका कारण पार्टी नफुट्ने भन्दै ज्ञवालीले संसद विघटन भएको तर पार्टी नभएको हेक्का राख्न पनि सुझाव दिएका छन् ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६