कपिलवस्तु ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मंगलबार बालुवाटारमा बसेको सो समूहको बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकमा ओलीले ११९९ सदस्यीय केन्द्रिय कमिटी घोषणा गर्नुभएको हो ।
अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको ओलीले जानकारी दिनुभयो । रिक्त रहेका १९६ जना पछि थपिने बताइएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । बैठकमा ओलीले आयोजक सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको आरोप लगाउनुभयो ।
उहाले प्रचण्ड–नेपाल भन्दा आफु धेरै अघि कम्युनिष्ट आन्दोलनमा होमिएको दावी गर्नुभयो । ओलीले प्रचण्ड–नेपालले आफुलाई कारवाही गर्ने गर्ने जानकारी पाएको भन्दै कारवाही गरेर देखाउन चूनौती दिनुभयो । ओलीले सरकार पार्टीलाई काम गर्न नदिएको, महाअभियोग लगाउने, अविश्वासको तयारी भएको आरोप लगाउनुभयो ।ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।
यसै बिच नेकपाको पुनरगठित केन्दिय कमिटीमा कपिलबस्तुबाट ११ जना नेता पर्नु भएको छ । पहिले देखी केन्द्रमा रहदै आउनु भएका बिमला घिमीरे र शिराज अहमद फारुकी पुनर गठित केन्दिय सदस्यमै रहनु भएको छ । नयाँ मनोनित हुने केन्दिय सदस्यमा बलराम अधिकारी , झबीलाल पोख्रेल , कृष्ण पौडेल , डम्मर शर्मा , बिश्राम चौधरी , शान्ति देबी हरीजन ,शुसिल श्रीवास्तब , मुस्तफा मुसलमान र शारदा शर्मा रहनु भएको छ ।
प्रतिक्रिया