स्वास्थ्य

कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न ईयूको सिफारिस



काठमाडौँ ८ पुष । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको ईएमएकी कार्यकारी निर्देशक इमा कुकले बताउनुभएको छ । खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य देशहअरुमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने तयारी भैरहेको छ ।ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म तीन लाख ११ हजार कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६