काठमाण्डौ ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।प्रचण्ड-नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलमा बस्नेछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने तयारी छ । अस्ति मंगलबार नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको थियो ।
साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री समेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।प्रचण्ड-माधव समूहले भने केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । गएको आइतबार संसद विघटन भएपछि नेकपा दुई पक्षमा विभाजन भएको छ ।
प्रतिक्रिया