लुम्बिनी

कारागारलाई सुधारगृह बनाउनुपर्छ : अभियानता



कपिलवस्तु ९ पुष । कारागारलाई बन्दीगृह नभइ सुधारगृह बनाउनुपर्ने भन्दै केही युवा ‘राष्ट्यि पुस्तकालय अभियान अन्र्तगतको कारागार पुस्तकालय अभियान’मा जुटेका छन्। यो अभियानलाई लेखक, साहित्यकारसहित विभिन्न संघसंस्था र सर्वसाधारणहरुले समेत सहयोग गरिरहेका छन्। पुस्तक अध्ययनबाट व्यक्ति र समाजमा परिवर्तन ल्याउन सकिने अभियानता बताउँछन्। कपिलवस्तु जिल्लाका विभिन्न अभियानमा सक्रिय ६ जना युवाको उत्साहले लुम्विनी प्रदेशका दुई जिल्ला कारागारमा पुस्तकालय स्थापना भएका छन् ।

अभियानता हरि खनाल ,गौरब पौडेल, सुनिता बेल्बासे, , अमिम भट्टराई , दिवश राज पौडेल र आरती अर्याल मिलेर यो अभियानमा लागेका हुन् । ‘मुक्तिको बलियो युक्ति नै पुस्तक हो’ भन्ने नारासहित उनीहरुले अभियान शुरु गरेका थिए। सो अभियानमा विभिन्न जिल्लाबाट सहअभियानता जोडीएका छन् । अर्घाखाचीँका बिक्रम खत्री र नवलपरासीबाट रुपा न्यौपाने सहअभियानताका रुपमा जोडीएर कार्यक्रममा सहयोग गरिरहेका छन् ।

अभियानता सुनिता बेल्वासेले आफनो अनुभव सुनाउदैँ भन्नुभयो :

चिया गफबाट सुरु भएको यो अभियान सफल हुन्छ हुदैँन ? भन्नेमा दुबिधा थियो ,अग्रज व्यक्तिहरु सँग छलफल गर्दा कारागारमा कस्ले पुस्तक पढ्छ ? भन्ने प्रश्न चिन्ह खडा हुन्थ्यो । कार्तिक पहिलो साता योजना बनायौँ दोस्रो साता कपिलवस्तु कारागारमा पुगेर जेलर राकेश पाण्डे सगं भेट्यौँ । त्यहाँ पुगेपछि हाम्रो अभियानले सार्थकता पाउनेमा ढुक्क भयौँ । जेलर पाण्डेले  सकारात्मक प्रतिकृया दिनुभयो । जिल्लाका अन्य संस्था ,बैक ,स्थानिय तहमा पुस्तकालय स्थापनाको माग गर्दै बारम्वार पठाएको पत्रहरु देखाउनु भयो ।

कुराकानी कै क्रममा कैदीबन्दीलाई भेट्ने इच्छा जाहेर गर्यौ । कोरोनाको महामारी साम्य भैनसकेको कारण अलि टाढैबाट भएपनि उहाँहरुलाई भेट्यौ । जसरी हामीले सोच्छौँ त्यहा पुग्दाँ फरक अनुभव पायौँ । कारागार भित्रै प्रढौ शिक्षा पढाई हुदोँ रहेछ ,विभिन्न कक्षाका परीक्षा  भैरहेका थिए । कुराकानीका क्रममा उहाँहरुले पढ्न इच्छा लागेका पुस्तकको लामो लिस्ट नै तयार भयो । कारागारबाट निस्केपछि कतिबेला पुस्तक जम्मा गरेर पुस्तकालय निर्माण गरौँ भन्ने हुटहुटि थियो ।

अर्को मन भने पुस्तक कसरी संकल गर्ने, कस्ले सहयोग गर्ला भन्ने एक किसिमको डर मिश्रित शंकाले मनमा डेरा जमाएको थियो । त्यस दिन राती ११ बजेसम्म सामाजिक संञ्जालमा पुस्तक प्रेमी,पुस्तक लेखक र विभिन्न पव्लिकेसनलाई सहयोग अपिल गर्दै मेसेज गरे धेरैले सहयोग गर्ने आश्वासन दिनुभयो । कतिले भोली नै पुस्तक लिन आउनु भन्दै मेसेज गर्नुभयो । हाम्रो टिमका सबै साथीले त्यसै गरि सामाजिक संञ्जालबाटै पुस्तक सहयोग गर्न अपिल गर्नुभयो ।

हामी सबै विधार्थी नै छौँ , ६ जना मध्ये ३ जनाले १२ को परिक्षा दिदैँ थियौँ । मंसिर ९ गतेबाट १६ गतेसम्म परिक्षा मै व्यस्त भयौँ । परिक्षा सकिए लगतै पुस्तक संकलनलाई तिव्रता दियौँ । नेपाल युवा परिषद कपिलवस्तु ,हेल्प फर हेप्पीनेस ,लियो क्लव अफ कपिलवस्तु ,वान अर्थ वान लभ,१०० एस ग्रुग लगायतका विभिन्न संस्थाको सहयोगमा कार्तिक ३० गते नै कपिलवस्तुको कारागारमा १ सय बढि पुस्तक सहित पुस्तकालय स्थापना गर्न सफल भयौँ । त्यसपछि निरन्तर अभियानमा लागेका छौँ । मंसिर २५ गते अर्घाखाँचीको कारागारमा कार्यक्रम गर्यौँ । त्यहाँ पनि धेरै सिक्ने मौका पायौँ । कारागार सजाय नभएर जिवन परिवर्तन गर्ने महत्वपुर्ण अवसर रहेछ । बेल्वासेले भन्नुभयो ।

आफूहरुको अभियानले बन्दीगृहलाई सुधारगृह बनाउन सहयोग पुग्ने अभियन्ता  बेल्बासेको विश्वास छ । अपराधीले सुध्रने मौका पाउनुपर्ने र सजायपछि समाजमा सम्मानित ढंगले पुनस्थापित हुन सहज बनाउनुपर्ने उनी बताउँछिन्।“अपराधको सजाय त भोगिरहेका नै छन्, तर अपराधजन्य सोँचबाट बाहिर निकाल्न सकारात्मक व्यवहारका लागि प्रेरित गर्नुपर्छ। यस्तो प्रेरणा किताबहरुले नै दिन्छ”, उनी भन्छिन्। पुस्तकालयमा पनि उनीहरुले आध्यात्मिक, जीवनी, र विचारप्रधान पुस्तक राखेका छन्। 

अभियानका संयोजक हरि खनाल राप्ती टेक्निकल कलेजबाट कृषि विषयमा डिप्लोमा गर्दैछन् । तेस्रो वर्षको परीक्षाको तयारीमा रहेका खनाल पुस्तक अध्ययनबाट व्यक्ति र समाजमा परिवर्तन ल्याउन सकिने बताउँछन्। “कारागारलाई हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्छ। यसलाई सुधार्नभन्दा समाजभन्दा अलग राख्न चाहान्छ। त्यसैले कारागारलाई रुपान्तरण गर्न जरुरी छ”, उनी भन्छन्। अपराध ‘रोग जस्तै भएको भन्दै त्यसलाई ज्ञानको माध्यमबाट उपचार गर्न सकिने उनी बताउँछन्। 

कारागारमा पुस्तकालय निर्माण अभियानका लागि पुस्तक संकलन गर्न उनीहरुले सामाजिक संजालबाट सार्वजनिक अपिल गरेका थिए। करीब १५ दिनमै २०० भन्दा बढी पुस्तक संकलन भएको थियो। त्यसैले सोचेभन्दा राम्रो साथ, समर्थन र सहयोग पाएको दिवसराज पौडेलको भनाई छ ।उनीहरुलाई काठमाडौं, झापालगायत टाढाबाट पुस्तक पठाउँदा लाग्ने खर्च र प्रचारप्रसार सामाग्री प्रकाशनको खर्चका लागि आर्थिक भार धान्न कठिन पर्न सक्ने पौडेलको भनाइ छ।

यसले कैदीहरुलाई सिर्जनात्मक बनाउने उनीहरुको विश्वास छ। “लेख्नु भनेको पोख्नु हो। हामीले कैदीबन्दीहरुलाई सुन्नपर्छ”, गौरव पौडेल भन्छन्, “लेखनले उनीहरुलाई सिर्जनशील बनाउनुका साथै अर्को व्यक्तिलाई सकारात्मक प्रभाव पार्छ। हाम्रो चाहाना भनेको नै सकारात्मक समाज निर्माण हो।”अभियानका अर्का अभियानता असिम भन्छन्  ‘इतिहास विजेताको लेखिन्छ, तर पुस्तकले विपन्नको आवाज बोल्छ,’समाजबारे बुझ्न पुस्तक अध्ययन नगरी हुँदैन । त्यसकारण हाम्रो टिमले ‘कारागारमा पुस्तकालय’ अभियान चलाएका छौँ  ।

  ‘कैदीबन्दीहरू आफ्नो सजाय भुक्तान गरेर समाजमै फर्किंदा उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न पनि पुस्तकालय आवश्यक छ । अपराध गरेर कारागार गएको मान्छेले अन्य विभिन्न अपराधमा संलग्न भएकाहरूसँगको संगतले कारागारबाट निस्कँदा ‘अपराधको डिग्री’ हासिल गर्न सक्ने सम्भावनालाई पनि यो अभियानले कमजोर बनाउन सक्छ । कारागारमा सजाय भुक्तानसँगै उनीहरूलाई अध्ययनशील बनाउन र मनोरञ्जन दिन पनि पुस्तकालय प्रभावकारी हुने हाम्रो मुख्य लक्ष्य हो । 

अभियानता आरती अर्याल भन्नुहुन्छ :

पढ्नु र अध्यन गर्नु दुई फरक पाटा हुन। पढेर ज्ञान पाइदैन तर अध्यनले ज्ञानको प्रकाश दिन्छ। जानेर वा अञ्जानमा अपराधिक क्रियाकलापमा संलग्न भईसकेपछी व्यक्तिलाई कानुन बमोजिम चार दिवारमा बन्देज गरिन्छ। उड्न जन्मिएका मानिसलाई कैद गर्नु अर्को अपराध हो। र ती व्यक्तिलाई अपराधी बनाउने यहि समाज हो र उनिहरुलाई सुधार्ने जिम्मेवार पनि यहि समाजले बोक्नुपर्छ ।

उनिहरुलाई यो आभाष दिलाउन सक्नुपर्छ कि हाम्रो जीवन यति मै सिमित छैन। जसरी नेल्सन मण्डेलाले २७ वर्ष जेल जीवन बिताउदा पनि उनी अहिले एक अविस्मरणीय उदाहरणीय व्यक्तिको रुपमा चिनिन्छन , सो सरह हामी पनि उदाहरणीय बन्न योग्री छौं । मात्र आफुभित्रको मलाई चिन्न सक्नुपर्छ र त्यो चिनाउनका निमित्त पथ प्रदर्शन गर्न पुस्तक बाहेक अरु विकल्प छैन। यी कुराहरुले गर्दा मलाई यो अभियानमा सरिक हुन प्रेरणा मिलेको हो।

‘कारागारका बन्दी सुधारका लागि अन्य थुप्रै उपायसँगै अध्ययन र मनोरञ्जन पनि प्रमुख कुरा हो,’ ‘जुन समाजमा ऊ फर्किन्छ त्यही समाजमा उसलाई हेर्ने दृष्टिकोण बदल्न पनि यो अभियान जरुरी छ ।’ कारागार सगैँ ग्रामिण भेगका सामुदायिक विधालय,सुधार गृह,बाल गृहमा पनि आवश्यकता अनुसार पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको अभियानताले बताए । उनीहरुको कामबाट प्रभावित भएर म्याग्दी र कन्चनपुरका युवाले समेत यस्तो अभियान थालेको बताउँछन्। उनीहरु भन्छन्, “यो हाम्रो कामको महत्वपूर्ण उपलब्धि हो। हामी चाहान्छौं सबै क्षेत्रका युवा यो काममा जुटुन् सरकारले पनि यसबारे सोचोस् । 

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६