काठमाडौं ९ पुस। नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
९ पुस २०७७, बिहिबार
प्रतिक्रिया