ब्रेकिंग न्युज

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाण्डौ १० पुष ।  मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ । यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना  रहेको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।   

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६