रुपन्देही १० पुस / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर गर्दै दुई मन्त्रीलाई पदबाट हटाएका छन्।८ मन्त्री र एक राज्यमन्त्री थपिएका हुन् । बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्मा ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी आएका छन् भने मणि थापा खानेपानीमन्त्री भएका छन्। प्रभु शाह सहरी विकास र प्रेम आले वनमन्त्री बनेका छन्।गणेश ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ भने श्रममन्त्रीमा गौरीशंकर चौधरी आएका छन्। जुलीकुमारी महतोलाई महिला तथा बालबालिकामन्त्री बनाइएको छ।
दावा लामालाई युवा तथा खेलकुदमन्त्री बनाइएको छ। यसअघिका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई पदबाट हटाइएको छ। त्यस्तै उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि पदबाट हटाइएको छ।यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीलाई भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघिका महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया