सूचना र प्रविधि

सवारी दुर्घटना न्यूनीकरणका लागि बुद्धभुमी नगरपालिकामा डमी ट्राफिक प्रहरी



कपिलवस्तु १४ पुस । सवारी दुर्घटना न्यूनीकरणका लागि कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ अर्घाखाँची चोकमा डमी ट्राफिक प्रहरी राखिएको छ । मंगलबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्वर बि.क.ले डमी ट्राफिक प्रहरी राख्दै डमीका कारण सवारी चालकहरु सचेत भएको बताउनु भयो । डमी देखे पछि ट्राफिक प्रहरी भए जस्तो मानेर सवारी गती कम गर्ने , सिटबेल्ट राख्ने, ट्राफिक नियम पालना गर्ने गरेको बि.क.ले बताउनु भयो ।

ट्राफिक प्रहरीले गत मङ्सिरमा रुपन्देहीका बिभिन्न ४ स्थानमा डमी राख्न सुरु गरेको थियो । यो सँगै प्रदेशका ५ स्थानमा डमी राखीएको छ । कपिलवस्तु जिल्लाका स्थानीय सरकार सँग सहकार्य गरी ४ स्थानमा डमी राख्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताउनु भयो । ट्राफिक प्रहरीको पोशाक, पेटी, टाई, टोपीमा सजिएको डमी टाढाबाट हेर्दा दुरुस्तै देखिन्छ । डमीको हातमा सचेतना मुलक सन्देस लेखिएको बोर्ड राखिएको छ । 

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६