बेलायतमा कोरोना भाइरसको महामारी अहिलेसम्मकै चरम स्थितिमा पुगेको छ । मंगलबार संक्रमण दर अहिलेसम्मकै उच्च भएको छ । मंगलबार बेलायतमा ५३ हजार १३५ जना संक्रमित थपिएका छन् ।केही समयदेखि बेलायतमा निकै नै तीव्र गतिमा संक्रमण फैलिएको छ । मंगलबार ४१४ जनाको ज्यान गएको छ ।अहिलेसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । ज्यान गुमाउनेको संख्या ७१ हजार ५६७ पुगेको छ ।यसअघि बेलायतमा एक दिनमा सबैभन्दा बढी ४१ हजार संक्रमण पुष्टि भएको थियो ।
नयाँ किसिमको भाइरस तीव्र रुपमा फैलिएको पनि बनाइएको छ । अस्पतालमा बिरामीको चाप बढेको छ ।लण्डनमा आइसीयूमा रहने बिरामीको चाप बढेपछि योर्कसायरमा सारिँदै गरेको जनाइएको छ । लण्डन आइसीयू युनिटले गम्भीर प्रकृतिका बिरामीलाई योर्कसायर अस्पतालमा सार्न आग्रह समेत गरेको छ ।लन्डनको इन्टेन्सिभ केयर युनिटमा ११४ प्रतिशतसम्म कोभिडका बिरामी भरिएको डेलिमेलले लेखेको छ ।इंगल्याण्डका अस्पतालहरु पहिलो कोरोना भाइरसको वेभ भन्दा अहिले धेरै नै व्यस्त भएको समेत जनाइएको छ ।
प्रतिक्रिया