काठमाडौं १५ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माको सचिवालयले नेता शर्मासँग जाडेर प्रकाशित समाचारप्रति खेद प्रकट गरेको छ ।‘केही अनलाइन मिडियाहरुमा प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो,’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माका स्वकीय सचिव साजन पौडेलले भनेका छन्, ‘यस्ता संवेदनशील विषयमा झुट, कपोकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’शर्माको सचिवालयले झुट कपोलकल्पित र भ्रामक समाचारबारे भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया