विचार/ब्लग

‘अहिले सम्म नभएका नयाँ काम गर्छु ’:बेल्वासे



निजि क्षेत्रको शसक्त संगठन कपिलवस्तु उद्योग वाणिंज्य संघको अधिवेशन आगामी माघको २३ र २४ गते   हुदैछ । कपिलवस्तु उद्योग वाणिंज्य संघको नेतृत्व कसले गर्ला र अवको कार्यकाल कस्तो होला यो चर्चा सहजै हुनेगर्छ । यसै परिबेशमा रहेर आगामी नेतृत्वकालागि प्रयासरत (अध्यक्षका प्रत्यासी )युवा ब्यवसायी   उद्योगवाणिंज्य संघ कपिलवस्तुका सल्लाहकार  टोपनारायण बेल्बासेसँग वुद्धदर्पणका सम्पादक   पार्वती पाण्डेले प्रेसपाटीका लागि गरेको कुराकानी ।

 तपाई अवको ब्यवसायीक नेता हुने पक्का हो ? 

उद्योग व्यवसायकै क्षेत्रमा काम गरेको छु । २०४८ साल देखि निरन्तर व्यवसायमा लागेको हो । व्यवसायीहरुका पिर मर्का वुझ्दै काम गरे त्यसैले अबको अधिवेशनबाट नेतृत्व लिने विचार गरेको छु ।  व्यवसायीहरुकै नेता बन्न चाहन्छु । अहिले सम्म गरेको कामको आधारमा , अनुभवको आधारमा नेतृत्व लिन खोजेको छु । सबै साथीहरु सकारात्मक हुनु हुन्छ । 

संघको अधिवेशनले सर्बसम्मत नेतृत्व छान्ला की चुनाव होला ? 

संघको नेतृत्व सर्बसम्मत हुने आशामा छु । विगतलाई  हेर्दा पनि सर्वसम्मतबाट नेतृत्व हुने गरेको छ । सवै व्यवसायीहरुलाई मिलाएर , सबैलाई सहभागी गराएर सर्वसम्मत रुपमा लैजाने विचारमा हामी छौ । आजको मिति देखि चुनावको समय पनि नजिकिदै छ । सर्वसम्मतका लागि हामीले प्रयास गरिरहेका छौ । म संघमा दुई पटक महासचिव , एक कार्यकाल वरिष्ठ उपाध्यक्ष र हाल आएर सल्लाहकारको रुपमा निरन्तर क्रियासिल छु । सबै व्यवसायी साथीहरुसँग पनि परामर्श , सरसल्लाह गरिरहेको छु । साथीहरु पनि सकारात्मक हुनु हुन्छ । चुनाव हुदैन भन्नेमा म विश्वस्त छु

अबिधेशमा कति उद्योगी र ब्यापारीको सहभागिता होला ?

संघमा अहिले सदस्यता नविकरणको काम भइरहेको छ ।   अधिवेशनमा खास गरि १५ सय भन्दा माथि नै उद्योगी र व्यापारीको उपस्थिती रहने छ ।  उद्योग , वाणिंज्य र महिला उद्यमी तर्फका व्यवसायीहरुको सहभागिता हुने छ ।  सबै क्षेत्रबाट प्रतिनिधित्व गराइदै क्रियासिल  व्यवसायीहरुको सहभागिता रहने छ । 

तपाईले पेशागत क्षेत्रमा गरेको उदाहरणीय कार्य के हो ?

लामो समय देखि यस क्षेत्रमा काम गरे । सानो लगानीमा खाद्यान्न व्यवसायबाट शुरु गरेको पेशा अहिले उद्योगको रुपमा स्थापित गर्दै सबै व्यवसायीको हक हितमा काम गर्दै आएको छु ।हाल पुर्वाधार विकासका उद्योगहरु  कंक्रिट ,हयुमपाइप , पोल्ट्री व्यवसाय लगायत र  केहि शैक्षिक क्षेत्रमा पनि योगदान गर्न सफल भएको छु । व्यवसायीहरुलाई परेका समस्या समाधान गरि उनीहरुको पेशा व्यवसायको विकासका लागि काम गरेको छु । 

अझै केही स्मरणीय योगदान छन की ? 

औद्योगिक व्यवसाय सँगै सामाजिक , आर्थिक रुपमा काम गर्दै आएको छु। शशस्त्र द्धन्दका बेला पनि उद्योगी व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न लागि परेका थियौं । उद्योग व्यवसाय फस्टाउन नसकिरहेको बेला ठुलो चुनौती थियो त्यस बेला सबै सँग सहकार्य  समन्वय गरेर  उद्योगीहरुको हक हितको लागि काम गर्यौ । व्यवसायीहरुका वैंकहरुका समस्या , राज्य संगका समस्या निराकरणका लागि सबै सँग संवाद छलफल गरेर अगाडि बढिरहेका छौ । व्यवसायी र वैंकहरु सँग भएका असमझदारीहरु छलफलबाट निराकरण गर्ने काम भएको छ । सरकार सँग भएका उद्योगीहरुका कर , भ्याटका समस्यालाई समाधान गरिएको  छ ।  व्यवसायीहरुको ठुलो नोक्सानी हुन बाट हामीले बचाएका छौ ।   

 अव नेतृत्व पाउनु भयो भने गर्ने खास काम केहो ?

अहिले सम्म नभएका नयाँकाम गर्छु । खास गरि संस्थागत विकास ,वृद्धिविकास ,व्यवसायीहरुलाई संस्थाको अपनत्व वोध गराउने छु । व्यवसायीहरुको व्यवसाय वृद्धिका लागि तालिम गोष्ठि लगायतका कार्यक्रम गर्ने छु । उद्योग व्यवसायीहरु फस्टाउनका लागि त्यो खालको बातावरण मिलाउने छु । कस्तो व्यवसायीलाई के आवश्यकता छ पहिचान गर्ने र विकासमा सहयोग पुर्याउने छु ।

   व्यवसायीका समस्यालाई समाधान गर्न  जिल्ला प्रदेश हुदै केन्द्र सम्म पुर्याउने छु । संस्थाको नियमित आय स्रोतका लागि पहल गर्ने छु । कोभिड १९ का कारण थला परेका उद्योगी व्यवसायीहरुलाई  पहिचान गरेर  राहत हुने गरि काम गर्ने छु  । आगामी दिनमा यस क्षेत्रलाई औद्योगिक हबका रुपमा विकास गर्नका लागि विशेष पहल हुने छ । उद्योग वाणींज्य संघ धेरै अवसर प्राप्त गर्न सक्ने गरी अघि वढ्छ । बस्तुगत संघलाई मुलधारमा ल्याउने ,करप्रणाली प्रति ब्यवसायीको सहज अवधारणा विकास गर्ने लक्ष्य राखेको छु । 

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६