अन्तर्राष्ट्रिय

चीन कोरोना विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति



काठमाण्डौ १७ पुष ।  चीनले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी साइनोफार्मले तयार पारेको कोरोना भाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ ।कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका बीबीसीको खबरमा उल्लेख छ । चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरी राखिएको छ ।सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोना भाइरस महामारी सुरु भएको थियो ।

चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृतिलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ ।चीनले गएको जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ अहिलेसम्म खोपको ४५ लाखभन्दा बढी मात्रा वितरण गरिसकिएको  छ । चीनले आफूले विकास गरेको खोप कम विकसित देशहरूलाई उचित मूल्यमा दिने पनि बताएको छ ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६