ब्रेकिंग न्युज

बहुमत अल्पमतको टुंगो चुनावपछि हुनेछ : प्रधानमन्त्री ओली



 काठमाडौं १७ पुस । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् ।संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ ।

तर ओली समूहका अध्यक्ष ओलीले भने बहुमत अल्पमतको टुंगो अहिले नहुने बताए । प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ?  प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’प्रचण्ड–माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार वा पार्टी बैठकमा आउने उनको दाबी छ ।

ओलीले प्रचण्ड–माधव समूहले दुई अध्यक्ष घोषणा गरेकोमा समेत व्यंग्य गरे । आफैं पार्टीको नवौं महाधिवेशनबाट छानिएको नेता भएको र दुई पार्टी मिल्दा दुबैको सम्मान होस् भनेर दुई अध्यक्षको व्यवस्था गरेको भन्दै उनले भने, पद लोलुपताको पनि हद हुन्छ ! कुन मञ्चबाट, कुन महाधिवेशनबाट पार्टी ?’पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले बताए ।

पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको ओलीले बताए ।उनले भने, ‘देश, पार्टी र जनताको कुरामा छैन । पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर उहाँहरु लाग्नु भएको छ । कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ ।’‘लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ । राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ’ ओलीले भने ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६