पाल्पा २० पुस ।जिल्ला प्रहरी कार्यालय पाल्पाले समाजमा बढ्दो अपराध न्यूनिकरण गर्न नयाँ कार्यक्रमको सुरुवात गरेको छ । पछिल्लो समय समाजमा बढ्दो अपराधिक क्रियाकलपालाई कम गरि सचेतनाको दरलाई वृद्धि गर्न सारङगी बोकेर प्रहरी टोल टोलमा पुग्न थालेको छ । माईकिङग,हतियार डण्डा र पर्जापम्प प्लेटका साथ गरि कार्यक्रम प्रभावकारी नभए पछि प्रहरीले छुुट्टै संगतिक टोलि मार्फत गाउँ गाउँमा सचेतना कार्यक्रम लिएर जान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोष कुमार भट्राईका अनुसार बढ्दो सवारी दुर्घटना,लैगिक हिंसा, चोरी डकैति,नागरिकको भुमिका लगायतको घटनालाई काम गरि अपराध मुक्त समाजको निर्मण गर्न यो अभियानको थालनि गरिएको बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक प्रहरीको संयुक्त पहलमा जिल्लाका १० वटै स्थानिय तहमा कार्यक्रममा लैजाने गरि कार्यक्रम सुरु गरिएको छ ।
संगतिक कार्यक्रम मार्फत दिने सचेतनामा स्थानियको सहभागीत समेत राम्रो हुने छ । मौखिक भाषणकला भन्दा संङगतिक प्रस्तुति प्रभावकारी हुने गरेको छ । यस खालको कार्यक्रममा स्थानियको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।
प्रतिक्रिया