प्रदेश

आकस्मीकमा चमत्कार :असल ब्यवस्थापनले यस्तो रुपान्तरण संभव



रुपन्देही २१ पुस । कुनैबेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्ने भन्दा पनि आफै रोगी थियो । आकस्मिक कक्षमा ुम्विनी बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गथ्र्यो । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड नपाएर भुईंमा सुत्नुपर्ने अवस्था समेत थियो । तर अहिले भने अवस्था फेरिएको छ । आफै बिरामी रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले पछिल्लो समय स्वरुप फेरेको छ ।

    अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवा प्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । सेवा प्रभावकारी नहुँदा हैरानी खेपेका बिरामी र बिरामीका अफन्तहरूको गुनासोलाई मध्यनजर गरेर व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको उनले बताए । “अस्पतालको आकस्मिक कक्षमा बेड अभावका कारण एउटै बेडमा ३ जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बेडका साथै चिकित्सक कर्मचारीको ड्युटी व्यवस्थापनलाई जोड दिइएको छ”–उनले भने ।

    अस्पतालको आकस्मिक कक्षमा यसअघि २२ बेड रहेकोमा अहिले भने बेडसंख्या ३८ पु¥याइएको छ । वाताकुलित वातावरणमा एसीयुक्त आकस्मिक कक्षमा नाम चलेका निजी अस्पतालका जस्तै सेवा उपलव्ध गराइएको आकस्मिक विभाग प्रमुख अर्यालले बताए । आकस्मिक विभागमा दैनिक ९ जना चिकित्सक, २० जना स्वास्थ्यकर्मी र १० जना नर्सिङ कर्मचारी बिरामीको उपचारमा खटिने गरेका छन् भने ६ जना सहयोगी कर्मचारी छन् ।

    अव निकट भविष्यमै प्रत्येक बेडमा अक्सिजन पाइप र सक्सन पाइप सप्लाई गर्ने, कुरुवा कन्ट्रोल कार्ड लागू गर्ने, व्वस्थित माइनर अप्रेसन कक्षको व्यवस्था लगायतका काम सुरु गरिने अर्यालले बताए ।अर्यालका अनुसार आकस्मिक विभागका चिकित्सक र कर्मचारीले कोरोनाका शंकास्पद बिरामी आएदेखि नै चेकजाँच र उपचारमा अग्रपंक्तिमा खटिंदा पनि कोरोना भत्ता बापतको प्रोत्साहन रकम अहिलेसम्म पाएका छैनन् । “अग्रपंक्तिमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना भत्ता उपलव्ध गराउने नेपाल सरकारको कार्यविधीमै उल्लेख छ, तर अहिलेसम्म त्यस्तो सुविधा प्राप्त भएको छैन”–उनले भने ।

    कोरोना संक्रमित बिरामी आइसियूमा भर्ना गर्ने, अन्य कुराहरुको लागि समन्वय गर्ने र बेलाबखत जटिल अवस्थामा प्रत्यक्ष उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन नगर्दा यसको प्रभाव बिरामीको उपचारमा पर्नेतर्फ सरकार संवेदनशील हुनुपर्ने उनको सुझाव छ ।अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनाल आन्तरिक व्यवस्थापम सुधारमा आफै खटिने गरेका छन् । मृगौला रोगीहरुका लागि डाइलोसिस सेवा देखि लिएर थुप्रै नयाँ सेवाहरु अस्पतालमा थपिंदै गएको उनको भनाइ छ । “अस्पतालमा कार्यरत चिकित्सकहरुद्वारा निजी क्लिनिकमा बिरामी पठाउने अवैध कामलाई पनि रोकिएको छ”–खनालले भने ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा कुल बेड संख्या भने ३५० रहेको छ । आकस्मिक कक्षको व्यवस्थापनमा सुधार गर्नेदेखि अस्पतालमा नयाँ सेवाहरू थप हुँदै गएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईको भनाइ छ । “हामीले आन्तरिक व्यवस्थापनमा सुधार गर्ने गरी योजनावद्ध कामको थालनी गरेका छौं, यसले सेवा प्रवाह पनि प्रभावकारी बन्दै गएको छ”–उनले भने ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६