स्वास्थ्य

डब्ल्यूएचओको टिमलाई चीनले प्रवेशमा रोक



काठमाण्डौ २२ पुष । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान जान लागेको डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । भिसामा समस्या भएका कारण टोली चीन प्रवेश गर्न नपाएको डब्ल्यूएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका दुई जना चीनको यात्रामा निस्किएकामा एक जना फर्किएका र अर्का एक जना तेस्रो देशको ट्रान्जिटमा रहेका बताइएको छ । लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ ।गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।  

प्रकाशित : २२ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६