स्वास्थ्य

६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि



 काठमाडौं २३ पुष ।पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६९ हजार दुई सय ९२ जनाको पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार ६ सय ५ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार ५८ छन् ।बितेको २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ३ जना पुगेको छ पछिल्लोपटक चार सय ८३ संक्रमणमुक्त भएका छन् ।हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ४२ छ। त्यस्तै, काठमाडौं उपत्यकाका दुई सय ५१ जना रहेका छन् । जसमा महिला एक सय ११ छन र पुरुष एक सय ४० जना छन् ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६