ब्रेकिंग न्युज

सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ



काठमाडौँ २४ पुष । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् । बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पहिले नै पक्राउ गरिसकेको छ । 

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६